BIZMANDU
www.bizmandu.com

सेबोनमा आइपीओ निष्कासनको फाइल बढेको बढ्यै, ८१ कम्पनी पाइपलाइनमा, नेतृत्व सुस्त

२०८१ फागुन २९

सेबोनमा आइपीओ निष्कासनको फाइल बढेको बढ्यै, ८१ कम्पनी पाइपलाइनमा, नेतृत्व सुस्त
सेबोनमा आइपीओ निष्कासनको फाइल बढेको बढ्यै, ८१ कम्पनी पाइपलाइनमा, नेतृत्व सुस्त


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)को नेतृत्व सुस्त हुँदा आइपीओ निष्कासनको अनुमति माग्दै परेका निवेदनको चाङ लाग्न पुगेको छ।

Tata
GBIME
NLIC

आइपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिने कम्पनीको संख्या ८१ पुगेको छ। ती कम्पनीहरुले ५१ अर्ब ८ करोड ८७६ लाख ३७ हजार ६३२ रुपैयाँ बराबरको ३५ करोड ४८ लाख ६४५ कित्ता आइपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा आवेदन दिएका हुन्।

आवेदन दिनेमा सबैभन्दा धेरै हाइड्रोपावर कम्पनी छन्। ४२ वटा हाइड्रोपावर कम्पनीको निवेदनमा सेबोन अनिर्णित बनेको छ।

यस्तै उत्पादन तथा प्रशोधन क्षेत्रका १५, अन्य क्षेत्रका ११, होटल तथा पर्यटन क्षेत्रका ७ कम्पनीको निवेदन सेबोनमा विचाराधीन छ।

तीनवटा इन्भेष्टमेन्ट र तीन वटा माइक्रो इन्स्योरेन्स तथा एउटा माइक्रो फाइनान्सकम्पनी पनि आइपीओ निष्कासनका लागि अनुमतिको पर्खाइमा छन्।

निवेदनको चाङ रहँदा सेबोन निक्कै सुस्त देखिएको छ। सेबोनले मंसिर दोस्रो साता नेतृत्व पाएपछि आइपीओको फाइल सदर गर्न सुरु गरे पनि धमाधम निर्णय गर्न सकिरहेको छैन।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको निर्दे‍शनका कारण सेबोनले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आइपीओ निष्कासनको स्वीकृति दिएको छैन।

त्यस्तै, प्रिमियमको आइपीओमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएका कारण आइपीओ स्वीकृतिमा सकस परेको सेबोनका कर्मचारीहरु बताउँछन्।

यसअघिका अध्यक्ष रमेशकुमार हमालले केही कम्पनीलाई प्रिमियम मूल्यमा आइपीओको अनुमति दिन कानुन संशोधन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।