BIZMANDU
www.bizmandu.com

वसन्तपुरमा होलीको रमझम, पर्यटकले पनि खेले रङ र अबिर

२०८१ फागुन २९

वसन्तपुरमा होलीको रमझम, पर्यटकले पनि खेले रङ र अबिर
होली पर्वका अवसरमा बिहीबार काठमाडौँको बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिँदै विदेशी पर्यटक । तस्बिरःचन्द्रकला क्षेत्री/रासस

काठमाडौं। फागु पुर्णिमाका अवसरमा सदा झैं यसपटक पनि बिहीबार काठमाडौंको वसन्तपुरमा घुइँचो रह्यो। उपत्यकाका विभिन्न स्थानबाट होली खेल्दै हिँडेका युवाहरु वसन्तपुरमा भेला भए। स्थानीयसँगै नेपाल घुम्न आएका पर्यटकले पनि रङ र अबिर दलेर होलीको मज्जा लिएका छन्।

Tata
GBIME

न्युरोड गेटदेखि वसन्तपुर क्षेत्र सबैतिर रंगिएर हिँडेकाहरुको भीड रह्यो। उक्त क्षेत्रको घुइँचोलाई ध्यानमा राख्दै सवारी आवागमन बन्द गरिएको थियो। आपसमा रङ खेल्दै हिँडेका युवाहरुले उल्लासपूर्वक होली मनाएका छन्।

संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि नेपाल आएका १०० चिनियाँ फोटोग्राफरहरुले पनि बिहीबार वसन्तपुरमा होली खेलेर मनोरञ्जन गरेका छन्।