BIZMANDU
www.bizmandu.com

बीमा दाबीसम्बन्धी उजुरी सुनवाई गर्न अब प्राधिकरणमा इजलास, वैशाखदेखि सञ्चालन गर्ने

२०८१ फागुन २९

बीमा दाबीसम्बन्धी उजुरी सुनवाई गर्न अब प्राधिकरणमा इजलास, वैशाखदेखि सञ्चालन गर्ने
बीमा दाबीसम्बन्धी उजुरी सुनवाई गर्न अब प्राधिकरणमा इजलास, वैशाखदेखि सञ्चालन गर्ने

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाई गर्न इजलास सञ्चालन गर्ने भएको छ।

Tata
GBIME

प्राधिकरणले उजुरी सुनुवाई गर्ने प्रयोजनका लागि २०८२ वैशाखदेखि इजलास सञ्चालन गर्ने भएको हो।

सञ्चालक समितिको मंगलबार बसेको बैठकले बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाई गर्न इजलास सञ्चालन गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ।

सञ्चालक समितिले इजलास सञ्चालनका लागि आवश्यक तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिएको छ।

बैठकले प्राधिकरणमा पेस भएका बीमा दाबी उजुरी र निर्णय वेबसाइटमा प्रकाशन गर्न समेत व्यवस्थापनलाई निर्देशन दिएको छ।