BIZMANDU
www.bizmandu.com

होलीमा बिहानैदेखि उपत्यकाको ७५ स्थानमा ट्राफिक चेकिङ, नियम उल्लंघन गरे सवारी दिनभर ‘होल्ड’

२०८१ फागुन २९

होलीमा बिहानैदेखि उपत्यकाको ७५ स्थानमा ट्राफिक चेकिङ, नियम उल्लंघन गरे सवारी दिनभर ‘होल्ड’
होलीमा बिहानैदेखि उपत्यकाको ७५ स्थानमा ट्राफिक चेकिङ, नियम उल्लंघन गरे सवारी दिनभर ‘होल्ड’


काठमाडौं । आज होली पर्व। देशभर बिहानैदेखि रंगको पर्व फागु मनाइँदैछ।

Tata
GBIME
NLIC

यस पर्वमा हुन सक्ने दुर्घटनालाई कम गर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहानैदेखि चेकिङ सुरु गरेको छ।

बिहान ७ बजेदेखि नै काठमाडौं उपत्यकाभित्रका विभिन्न ७५ स्थानमा चेक प्वाइन्ट राखेर चेकिङ हुँदैछ। ट्राफिक चेक प्वाइन्टमा सवारीको कागजपत्र, मादक पदार्थ सेवनदेखि लापसेसम्म परीक्षण गरिने कार्यालयका एसपी दीपक गिरीले बताए।

‘बिहानैदेखि चेकिङ हुन्छ। ट्राफिक प्रहरीको नियम विपरीत सवारी चलाउने सवारीहरू नियन्त्रणमा लिने छौं,’ एसपी गिरीले भने।

ट्राफिक प्रहरीले नियम विपरित सवारी चलाउने गाडीलाई दिनभर होल्ड गर्नेछ। मापसे, लापसे, सिट भन्दा बढी यात्रु बोक्ने, हेलमेट नलगाई सवारी चलाउने लगायतका चालकको सवारी होल्ड गरिनेछ।

दिनभर होल्ड गरिएका सवारी साधन साँझ मात्र जरिवाना दस्तुर बुझाएर जिम्मा लगाइने एसपी गिरीले बताए। आज एसपी गिरीको नेतृत्वमा तीनै जिल्लामा ट्राफिक प्रहरी परिचालन गरिएको छ।

बिहीबार ५०० भन्दा बढी ट्राफिक प्रहरी चेक प्वाइन्टमा खटिएका छन्। त्यस्तै लागु पदार्थ सेवन गरेर सवारी चलाएको चेक गर्न मोबाइल भ्यानमा टोली परिचालन गरिनेछ। टोलीले शंका लागेमा चालकको लापसे चेकिङसमेत गरिरहेको छ।