BIZMANDU
www.bizmandu.com

वित्तीय सुरक्षा र प्रणालीलाई सुरक्षित बनाउन सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेडबीच सम्झौता

२०८१ फागुन २८

वित्तीय सुरक्षा र प्रणालीलाई सुरक्षित बनाउन सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेडबीच सम्झौता
वित्तीय सुरक्षा र प्रणालीलाई सुरक्षित बनाउन सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेडबीच सम्झौता


सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेड बीच ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सम्झौता भएको छ।

Tata
GBIME
NLIC

यो सम्झौतासँगै एंटी मनी लाउन्डरिंग प्रविधिको सुदृढिकरण गरि नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ।

यस्तै, सिद्धार्थ बैंकलाई मेसिनलर्निङ/एआई प्रविधिको प्रयोग गरि कारोबार अनुगमन, ठगी नियन्त्रन तथा ग्राहक पहिचान पद्धति अवलम्बन गर्न पनि यो सम्झौताले सक्षम बनाउने विश्वास लिइएको छ।

सिद्धार्थ बैंकले मनीपाल टेक्नोलोजिजसँगको सहकार्यमा अवैध सम्पत्ति शुद्धिकरण न्युनिकरण प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छ। साथै यस पहलले बैंकिङ उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।