BIZMANDU
www.bizmandu.com

नेको इन्स्योरेन्सको हकप्रद सेयरमा परेन मागअनुसार आवेदन, अवधि चैत १४ सम्म थप

२०८१ फागुन २८

नेको इन्स्योरेन्सको हकप्रद सेयरमा परेन मागअनुसार आवेदन, अवधि चैत १४ सम्म थप
नेको इन्स्योरेन्सको हकप्रद सेयरमा परेन मागअनुसार आवेदन, अवधि चैत १४ सम्म थप

काठमाडौं। नेको इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन अवधि थपेको छ। कम्पनीको हकप्रदमा मागअनुसार आवेदन नपरेपछि निष्कासन अवधि थपिएको हो।

Tata
GBIME

इन्स्योरेन्सले फागुन ८ गतेदेखि बुधबारसम्म हकप्रद सेयरमा आवेदन आह्वान गरेकामा चैत १४ गतेसम्म म्याद थपेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ।

इन्स्योरेन्सले कायम ४ बराबर १ कित्ता सेयर अनुपातमा ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ।

हकप्रद निष्कासनका लाग‍ि इन्स्योरेन्सले माघ १८ गते बुक क्लोज गरेको थियो। बुक क्लोज अघि कायम सेयरधनीले इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हकप्रद निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन सिंगल ए प्लस इस्युअर रेटिङ दिएको छ। जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको जनाउँछ।

इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीका लागि २.५ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ। प्राधिकरणले तोकेको न्यूनतम पुँजी कायम गर्न इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गरेको हो।

हकप्रद बिक्रीपछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ पुग्नेछ।