BIZMANDU
www.bizmandu.com

टाटा उपत्यकाबाहिर नयाँ गाडीको बजार बढाउँदै, तीनवटा गाडी वीरगंजमा एकैपटक सार्वजनिक

२०८१ फागुन २७

टाटा उपत्यकाबाहिर नयाँ गाडीको बजार बढाउँदै, तीनवटा गाडी वीरगंजमा एकैपटक सार्वजनिक
टाटा उपत्यकाबाहिर नयाँ गाडीको बजार बढाउँदै, तीनवटा गाडी वीरगंजमा एकैपटक सार्वजनिक


काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले वीरगंजमा एकसाथ तीनवटा गाडी सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

कम्पनीले मंगलबार वीरगंजस्थित प्राइम मोटर्सको शोरुममा कर्भ इभी, नेक्सन के ३ र टाटा सफारी सार्वजनिक गरेको हो।

गाडी सार्वजनिक कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षत्री, सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति, टाटा मोटर्सको नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान लगायत उपस्थित थिए।

मन्त्री क्षत्रीले सिप्रदीको सर्भिस सुविधा देखेर आफू प्रभावित भएको बताएको कम्पनिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सिजापतिले वीरगंजका ग्राहकले आफ्नो बजेट र इच्छा अनुसार सबै सेगमेन्टमा टाटाका गाडी खरिद गर्न सक्ने बताए।   

ग्राहकले लन्च गरिएका गाडी टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीले यसअघि जनकपुरमा तीनवटा गाडी लन्च गरेको थियो।