BIZMANDU
www.bizmandu.com

भारत भित्रियो इलन मस्कको स्टारलिंकको इन्टरनेट, एयरटेल र स्पेसएक्सबीच सम्झौता

२०८१ फागुन २७

भारत भित्रियो इलन मस्कको स्टारलिंकको इन्टरनेट, एयरटेल र स्पेसएक्सबीच सम्झौता
भारत भित्रियो इलन मस्कको स्टारलिंकको इन्टरनेट, एयरटेल र स्पेसएक्सबीच सम्झौता


भारतीय दूरसंचार कम्पनी एयरटेलले स्टारलिंकको हाइ-स्पिड इन्टरनेट भारतमा भित्र्याउन स्पेसएक्ससँग सम्झौता गरेको छ।

Tata
GBIME
NLIC

स्टारलिंकको इन्टरनेट बिक्री हुने गरि भारतमा पहिलोपटक स्पेसएक्ससँग सहमति गरिएको हो।

सम्झौता अनुसार भारतको एयरटेल रिटेल स्टोरहरुमा स्टारलिंकमा उपकरणहरु बिक्रीमा राखिने भएको छ। एयरटेलको माध्यमबाछ स्टारलिंकका सेवाहरु ग्राहकहरुलाई उपलब्ध गराइनेछ।

यो सम्झौताले समुदाय, विद्यालय, स्वास्थ्य केन्द्रसँगै भारतको ग्रामीण बस्ती लाभान्वित हुने एयरटेलले जनाएको छ।

एयरटेल र स्पेसएक्सले भारतमा स्टारलिंकको थप विस्तार र एयरटेल नेटवर्कको विकासका लागि काम गर्ने पनि जनाइएको छ।

स्पेस एक्स अमेरिकी धनाढ्य इलन मस्कको कम्पनी हो। यो कम्पनीले विश्वभर स्टारलिंकको माध्यमबाट सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट प्रदान गरिरहेको छ।

एयरटेलका उपाध्यक्ष गोपाल भित्तलले यो सम्झौतालाई कोशेढुंगा भन्दै ‘नेकस्ट जेनेरेसन स्याटलाइट कनेक्टिभिटी’ प्रदान गर्ने आफूहरुको प्रतिबद्धतालाई बलियो बनाएको बताएका छन्।

स्पेसएक्सका चिफ अपरेटिङ अफिसर र अध्यक्ष गाउने सटवेलले एयरटेलसँग काम गर्न पाउँदा खुशी लागेको भन्दै स्टारलिंकको माध्यमबाट भारतमा परिवर्तनकारी प्रभाव पार्ने विश्वास व्यक्त गरे।

यो सम्झौतासँगै भारतमा इन्टरनेट र टेलिकम्युनिकेसन क्षेत्रमा बलियो उपस्थिति जनाइरहेको रियालन्सलाई ठूलो दबाब पर्ने देखिएको छ।

नेपालमा पनि स्टारलिंकको इन्टरनेट बारे प्रधानमन्त्री केपी शर्मा ओली र इलन मस्कबीच छलफल समेत भएको थियो।

एयरटेलको विज्ञप्ति