BIZMANDU
www.bizmandu.com

आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलता विकास गर्नुपर्नेमा महासंघका अध्यक्ष ढकालको जोड

२०८१ फागुन २७

आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलता विकास गर्नुपर्नेमा महासंघका अध्यक्ष ढकालको जोड
आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलता विकास गर्नुपर्नेमा महासंघका अध्यक्ष ढकालको जोड


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलता विकास गर्नुपर्ने बताएका छन्।

Tata
GBIME
NLIC

महासंघका केन्द्रीय सदस्य कमला श्रेष्ठको सौन्दर्य–क्रान्ति आत्मकथा मंगलबार काठमाडौंमा सार्वजनिक गर्दै ढकालले उद्यमशीलताले आत्मसम्मान र आत्मनिर्भता बढाउनुका साथै देश विकासमा सहयोग पुग्ने बताए।

उनले समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि महिला श्रमको निःशर्त सम्मान हुने वातावरण आवश्यक रहेको समेत बताए।

अठोटसहितको निरन्तरताले सफलता दिन्छ भन्ने एउटा उदाहरण व्यवसायी कमला श्रेष्ठ भएको भन्दै अध्यक्ष ढकालले व्यवसायको माध्यमबाट हजारौंलाई सिप हस्तान्तरण गर्दै रोजगारी सिर्जना गर्नु आफैंमा महत्वपूर्ण भएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले महिला उद्यमशीलता तथा महिला सशक्तिकरणका लागि कमलाको ठूलो योगदान रहेको बताइन्।

महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्स्ना श्रेष्ठले व्यवसायी कमलाको पुस्तक नयाँ काम गर्न चाहनेका लागि लागि प्रेरणाको स्रोत भएको बताए।

लेखिका कमलाले उद्यम गर्न चाहने तथा स्वरोजगार बन्न चाहनेका लागि यो पुस्तकबाट मार्गदर्शन हुने विश्वास व्यक्त गरिन्।