BIZMANDU
www.bizmandu.com

प्रमुख दलहरुलाई राप्रपाको काउन्टर : यो ट्रायल मात्र हो, लुक्ने ठाउँ अहिले नै खोजेर बस्नुहोला

२०८१ फागुन २७

प्रमुख दलहरुलाई राप्रपाको काउन्टर : यो ट्रायल मात्र हो, लुक्ने ठाउँ अहिले नै खोजेर बस्नुहोला
प्रमुख दलहरुलाई राप्रपाको काउन्टर : यो ट्रायल मात्र हो, लुक्ने ठाउँ अहिले नै खोजेर बस्नुहोला

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा निकालिएको र्‍यालीलाई लिएर प्रमुख दलहरुले विरोध गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काउन्टर दिएको छ।

Tata
GBIME
Nepal Life

राप्रपाकी सांसद रोशन कार्कीले मंगलबार प्रतिनिधि सभाको बैठकमा २५ गतेको प्रदर्शनलाई ट्रेलर भन्दै अब टाउको लुकाउने ठाउँ खोजेर बस्न प्रमुख दलका नेताहरुलाई चेतावनी दिइन्।

‘एक जना मित्रले भूत देख्नुभएछ। लेनिनको भूत हो कि माओवादीको भूत हो? प्रश्न गर्न चाहन्छु,’ उनले भनिन्, ‘एक जना मित्रले के भन्नुभयो भने राजाको जयजयकार गरेको र नेताहरू जिल्लामा जाँदा मुर्दावाद भनेको उहाँले सुन्नुभएको थिएन होला। यो त मित्र ट्रायल मात्रै हो। अरु जिल्लाका मान्छे थपिए, अरु ७३ जिल्लाका मान्छे थपिए भने त्यो देखेर नआत्तिनुहोला लुक्ने ठाउँ अहिले नै खोजेर बस्नुहोला।’

सांसद कार्कीले ज्ञानेन्द्रको स्वागतमा सडकमा देखिएको भिडलाई सरकारको नालायकीको परिणाम भनेकी छन्। उनले सडकमा अब २५ गतेको भन्दा पनि ठूलो प्रदर्शन गर्ने बताएन्।

‘सबै नागरिकको अधिकार छ, नागरिकले आफ्ना कुरा राख्न पाउँछन्। २५ गतेको जुन भिड थियो, यो तपाइँहरुले, नालायक सरकारले जन्माएको भिड हो । बुझिराख्नुस्, तपाईंहरू जति सरकारमा बस्नहुन्छ यो भिड अझै बढ्दै जान्छ,’ उनले भनिन् ।