काठमाडौं । इन्टरनेट सेवा प्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ।
आज पंगेनी र सजिलो नेटबीच समझ्दारी पत्रमा हस्ताक्षर भएको हो। यो सम्झौताले सजिलो नेटले देशभर आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशा तर्फ महत्वपूर्ण कदम चालेको जनाएको छ।
सजिलो नेट उच्च गतिको भरपर्दो इन्टरनेट सेवा सुलभ मूल्यमा प्रदान गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको कम्पनीले जनाएको छ।
आजको कार्यक्रममा सजिलो नेटका प्रमुख कार्यकारी अधिकृत सतीश कार्कीले बद्री पंगेनीको संगीतले जस्तै आफ्नो कम्पनीले पनि नेपालीहरूबीचको दूरी घटाउँदै सबैलाई सरल, सुलभ तथा सुपथ इन्टरनेट सेवा मार्फत जोड्ने प्रयास गरिरहेको बताए।
यस्तै, बद्री पंगेनीले इन्टरनेट अहिलेको जीवनशैलीको अभिन्न अंग बनिसकेको भन्दै सजिलो नेटले सहज र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको बताए।