BIZMANDU
www.bizmandu.com

अर्थतन्त्रका बाह्य सूचक थप मजबुत, विदेशी मुद्रा सञ्चिति उचाइमा, शोधनान्तर २.८४ खर्ब बचतमा

२०८१ फागुन २६

अर्थतन्त्रका बाह्य सूचक थप मजबुत, विदेशी मुद्रा सञ्चिति उचाइमा, शोधनान्तर २.८४ खर्ब बचतमा
अर्थतन्त्रका बाह्य सूचक थप मजबुत, विदेशी मुद्रा सञ्चिति उचाइमा, शोधनान्तर २.८४ खर्ब बचतमा

काठमाडौं। अर्थतन्त्रको आन्तरिक गति सुस्त हुँदा बाह्य क्षेत्रका सूचक झनै बलियो भएका छन्। विदेशी विनिमय सञ्चिति थप मजबुत देखिएको छ। शोधनान्तर स्थिति र चालु खाता बलियो अवस्थामा छ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष ७ महिनामा रेमिटेन्स आप्रवाह, पर्यटन आवागमनमा भएको वृद्धि लगायत कारण विदेशी मुद्राको सञ्चिति बढ्न गएको छ।

विदेशी मुद्रा सञ्चितिले ऐतिहासिक रेकर्ड बनाएको छ। गत असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेकामा माघ मसान्तमा आइपुग्दा १६.१ प्रतिशतले वृद्धि भएर २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार यो सञ्चितिले १७.२ महिनालाई धान्ने वस्तु र १४.४ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पुग्छ।

शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा छ। अघिल्लो वर्ष सात महिनामा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बचतमा थियो।

त्यस्तै, चालु वर्ष ७ महिनामा चालु खाता १ खर्ब ६६ अर्ब ८० करोड रुपैयाँ बचतमा छ। अघिल्लो वर्ष सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५२ करोड रुपैयाँ बचतमा थियो।