काठमाडौं। सेयर बजारमा लगातार गिरावटको क्रम सोमबार पनि थामिएन। नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा आएको छ। कारोबारमा आएका सबै उपसमूह घट्दा सूचकसँगै कारोबार रकम पनि घटेको छ।
म्युचुअल फण्डको सूचक सर्वाधिक ३.०६ प्रतिशतले घटेको छ। व्यापार १.६५ र लगानीको सूचक १.५१ प्रतिशतले घटेको छ। १९१ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। उपकार लघुवित्तको सूचक सर्वाधिक ६.९८ प्रतिशतले ओरालो लागेको छ।
४४ कम्पनीको मूल्य बढेको छ। सर्वाधिक नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने दोस्रोमा गार्डियन माइक्रो लाइफको ८.७३ प्रतिशतले बढेको छ।
८ अर्ब ३७ करोड ८० लाख रुपैयाँको सेयर कारोबार हुँदा नेपाल रिइन्स्योरेन्सको सर्वाधिक ७३ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै, हिमालयन-रि इन्स्योरेन्सको ७३ करोड १७ लाख र एनएलजी इन्स्योरेन्स ३४ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यसअघि आइतबार नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा आउँदा पनि सबै समूहका सूचक घटेका थिए। सेयर कारोबार भने १० अर्ब ९ करोड ३६ लाख रुपैयाँको भएको थियो।