BIZMANDU
www.bizmandu.com

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले लिए पद तथा गोपनीयताको शपथ

२०८१ फागुन २६

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले लिए पद तथा गोपनीयताको शपथ
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले आज शपथ ग्रहण गरेका छन्।

Tata
GBIME

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको गत मंगलबार बसेको संचालक समितिको ६१७ औं बैठकबाट उनी अध्यक्षमा चयन भएका हुन्।

पाँडेले प्रचलित कानुन तथा नियमानुसार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो।