BIZMANDU
www.bizmandu.com

एमबीएल इक्विटी फण्डको इकाई निष्कासन अवधि थपियो, चैत ७ गतेसम्म आवेदन दिन सकिने

२०८१ फागुन २६

एमबीएल इक्विटी फण्डको इकाई निष्कासन अवधि थपियो, चैत ७ गतेसम्म आवेदन दिन सकिने
एमबीएल इक्विटी फण्डको इकाई निष्कासन अवधि थपियो, चैत ७ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) एमबीएल इक्विटी फण्डको इकाई बिक्री अवधि थपेको छ।

Tata
GBIME

क्यापिटलले फागुन २२ गतेदेखि २६ गतेसम्म अंकित मूल्य प्रति इकाई १० रुपैयाँ दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन गरेकामा माग बमोजिम आवेदन नपरेपछि निष्कासनको म्याद थपेको हो।

लगानीकर्ताले अब चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन्। सोमबार बिहानसम्म ३ करोड १ लाख ७ हजार इकाईका लागि आवेदन परेको सीडीएस एण्ड क्लियरिङले जनाएको छ।

१ करोड ६८ लाख इकाई कोष प्रबर्धक कम्पनी माछापुच्छ्रे बैंक र १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरि बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणका लागि निष्कासन गरेको क्यापिटलले जनाएको छ।

एमबीएल इक्विटी फण्ड १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो। लगानीकर्ताले फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। फण्डको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।