BIZMANDU
www.bizmandu.com

वाणिज्य बैंकले ७ महिनामा कमाए ३६ अर्ब ६ करोड नाफा, कुन बैंकले कति ?

२०८१ फागुन २५

वाणिज्य बैंकले ७ महिनामा कमाए ३६ अर्ब ६ करोड नाफा, कुन बैंकले कति ?
वाणिज्य बैंकले ७ महिनामा कमाए ३६ अर्ब ६ करोड नाफा, कुन बैंकले कति ?

काठमाडौं। कमजोर व्यवसाय र बढ्‌दो खराब ऋणका कारण वाणिज्य बैंकहरुको औसत नाफा १.६२ प्रतिशतले बढेको छ।

Tata
GBIME

संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुको माघ मसान्तसम्मको वित्तीय विवरणअनुसार नाफा १.६२ प्रतिशतले बढेको हो।

वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड रुपैयाँ मुनाफा कमाएका छन्। गत वर्ष माघसम्म वाणिज्य बैंकहरुको नाफा ३५ अर्ब ४९ करोड थियो।

२० वटा बैंकमध्ये ९ वटाको नाफा बढेको छ। बाँकी ११ बैंकको नाफा घटेको छ।

नेपाल बैंकको नाफा सबैभन्दा धेरै १५६.३१ प्रतिशतले वृद्धि भएको छ। धेरै नाफा गर्नेमा नबिल बैंक छ। नबिलले ४ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ।

यतिबेला एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, स्टान्डर्ड चाटर्ड, हिमालयन, माछापुच्छ्रे, कुमारी, सिद्धार्थ, कृषि विकास बैंक, सिटिजन्स र सानिमा बैंकको नाफा खुम्चिएको छ।

एनआइसी एसिया बैंकको नाफा सबैभन्दा धेरै ७८.३१ प्रतिशतले खुम्चिएको छ। माघ मसान्तसम्म बैंकले ४६ करोड ४७ लाख नाफा गरेको छ। पोहोर यसै अवधिमा बैंकले २ अर्ब १४ करोड नाफा गरेको थियो।

कुन बैंकको नाफा कति ?

वाणिज्य बैंक२०८१/०८२
नाफा (रु.दशलाखमा)
२०८०/०८१
नाफा (रु.दशलाखमा)
फरक
नेपाल २,४५८.४१९५९.१७१५६.३१
राष्ट्रिय वाणिज्य१,२३८.६८२,६८३.०३-५३.८३
नबिल४,०११.१२३,९८६.५२०.६२
नेपाल इन्भेष्टमेन्ट मेगा३,४३९.६५२,३८०.०९४४.५२
स्टान्डर्ड चाटर्ड१,८३८.५६१,९४१.७९-५.३२
हिमालयन१,४७२.४९१,८३७.४२-१९.८६
नेपाल एसबिआई१,०९१.७७८५२.४२२८.०८
एभरेष्ट२,५७३.८४१,९८९.९२२९.३४
एनआइसी एसिया४६४.७३२,१४३.०४-७८.३१
माछापुच्छ्रे९६८.१८९८०.४१-१.२५
कुमारी ७३८.६४१,१२१.९४-३४.१६
लक्ष्मी सनराइज१,५८९.६०१,४०८.७११२.८४
सिद्धार्थ८५५.१९१,४१८.३१-३९.७
कृषि विकास ७९९.९५१,५७३.३३-४९.१६
ग्लोबल३,८९०.५६२,६८२.९५४५.०१
सिटिजन्स ९०२.६९९९७.८१-९.५३
प्राइम२,१८२.३५२,५४६.९३-१४.३१
एनएमबि २,३४४.९२१,६५९.७५४१.२८
प्रभु१,८३४.६७९२७.६३९७.७८
सानिमा १,३७१.९६१,४०१.२८-२.०९
जम्मा ३६०६७.९६३५४९२.४५१.६२
स्रोत : राष्ट्र बैंक