BIZMANDU
www.bizmandu.com

पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौंमा स्वागत, ट्राफिक व्यवस्था अस्तव्यस्त (तस्विरहरु)

२०८१ फागुन २५

पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौंमा स्वागत, ट्राफिक व्यवस्था अस्तव्यस्त (तस्विरहरु)
पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौंमा स्वागत, ट्राफिक व्यवस्था अस्तव्यस्त (तस्विरहरु)

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनलाई राजावादीहरुले स्वागत गरेका छन्।

Tata
GBIME

विमानस्थलमै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले स्वागत गरेका थिए। त्यसपछि विमानस्थल गेटबाट निस्किएका ज्ञानेन्द्र शाहले गाडीबाटै हात हल्लाएर अभिवादन गरेका थिए।

राजावादीहरुले शाहलाई निर्मल निवास सम्म लग्ने कार्यक्रम बनाएका छन्। पूर्व जाको स्वागतमा भिड हुँदा मानिसहरु रुख चढेर हेरिरहेका थिए।

सो कार्यक्रममा राजावादीहरुले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र पूर्व राजाको तस्विर सँगै बोकेका थिए।

यो कार्यक्रमका कारण चक्रपथसँगै काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो।