BIZMANDU
www.bizmandu.com

नेपालसामू युगाण्डाको सामान्य लक्ष्य, पूजाले लिइन् ३ विकेट

२०८१ फागुन २५

नेपालसामू युगाण्डाको सामान्य लक्ष्य, पूजाले लिइन् ३ विकेट
नेपालसामू युगाण्डाको सामान्य लक्ष्य, पूजाले लिइन् ३ विकेट

काठमाडौं। युगाण्डाले नेपालसामू सामान्य लक्ष्यको चुनौती प्रस्तुत गरेको छ। युगाण्डा महिला चारदेशीय सिरिज अन्तर्गतको खेलमा टस जितेर फिल्डिङमा उत्रिएको नेपालले ७६ रनको लक्ष्य पाएको हो।

Tata
GBIME
Nepal Life

सुरुवाती ब्याटिङमा उत्रिएको युगाण्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रन बनायो। यसक्रममा इम्याक्युलेट नाकिसुयीले सर्वाधिक २२ रन बनाउँदा स्टेफनी नाम्पिलिनाले १४ रनको योगदान दिइन्।

बलिङतर्फ नेपालका लागि पूजा महतोले सर्वाधिक ३ विकेट लिँदा कप्तान इन्दु वर्माले २ विकेट लिइन्।

नेपाल जवाफी ब्याटिङमा उत्रिएको छ। नेपाली टोलीमा आजको खेलबाट सना प्रवीणले डेब्यु गरिन्।

अघिल्लो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। प्रतियोगितामा नेपाल, नामिबिया, युगाण्डा र हङकङ छन्।