काठमाडौं । नेपालका लागि क्याटरपिलर हेवी ईक्विप्मेन्टको आधिकारी बिक्रेता बतास ट्रयाक्टर्स प्रा.लि.ले हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित गरि ग्राहक सम्मेलन आयोजना सम्पन्न गरेको छ।
फागुन २३ गते भएको कार्यक्रममा हाइड्रोपावर उद्योगका ५० भन्दा बढी ग्राहकहरुको सहभागिता थियो। कार्यक्रममा क्याटरपिलरको मेशिनरीको अद्वितीय क्षमता र हाइड्रो परियोजनाहरूमा यसले ल्याउने दक्षता, नवीनता र प्रभावकारीतालाई प्रदर्शन गरिएको थियो।
त्यस अवसरमा क्याटरपिलरका मेशिनरीहरू नेपालको हाइड्रो सेगमेन्टमा अग्रणी स्थानमा रहेकोमा सम्पूर्ण ग्राहकहरुको विश्वास र समर्थनको लागि क्याटरपिलरका प्रमुख कम्पनी गेनवेल कमोशेल्स ईण्डियाका सीआइ प्रमुख दिपक जोलीले धन्यवाद व्यक्त गरेका थिए। यस्तै, ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउन र निर्माण र हाइड्रोपावर प्रविधिमा नवीनतम प्रगतिहरू प्रदर्शन गर्न बतास ट्रयाक्टर्स सदैव तत्पर रहेको कम्पनीका कार्यकारी निर्देशक दिपेन्द्र मल्ले बताएका थिए।
कार्यक्रममा हालै क्याटरपिलर मेशिनरी खरिद गर्ने सम्मानित ग्राहकहरूलाई चाबी हस्तान्तरण गरिएको थियो। जसमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, फेवा कन्स्ट्रक्सन, भूगोल इन्फ्रास्ट्रक्चर, सिउरी न्यादी, र बन्दन भगवती निर्माण सेवा जस्ता कम्पनीहरू समावेश थिए।
उक्त कार्यक्रममा गेनवेल कमोशेल्स ईण्डियाका सेल्स हेड आनन्द झाले क्याटरपिलर मेशिनरीहरूको प्राविधिक विशेषताहरू, लागत दक्षताको बारेमा विस्तृत जानकारी दिएका थिए। कार्यक्रमको मुख्य आकर्षण रहेको जीसी सिरिज मेशिनरीहरूले कसरी हाइड्रोपावर परियोजनाहरूमा नवीनता र दक्षता ल्याउन सक्छ भन्ने बारेमा बताइएको थियो। यस सिरिजले भारतमा हेवी इक्विपमेन्ट उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएर आफुलाई प्रमाणित गरी सकेको समेत गेनवेल कमोशेल्स ईण्डियाका बिक्रि तथा प्रबन्धक निर्देशक मुकुल दिक्षितले बताएका थिए।
क्याटरपिलरले २४ सै घण्टा सर्भिस र स्पेयर पाट्र्स समर्थन प्रदान गर्दै आएको र यसले दुर्गम स्थानहरूमा पनि मेशिनरीको परिवहनको लागि डिस्मान्टलिङ र हेलिकप्टर लिफटिगं जस्ता उन्नत समाधानहरू प्रदान गर्दै आएको जनाइएको छ।
बतास ट्रयाक्टर्स प्रा.लि.का प्रबन्धक निर्देशक शान्त राज बतासले हाइड्रोपावर नेपालको आर्थिक विकासको आधारशिला रहेको र क्याटरपिलर मेशिनरीहरू हाइड्रोपावर परियोजनाहरूको चुनौतीहरू पूरा गर्न पूर्ण रूपमा उपयुक्त रहेको जानकारी दिए।