BIZMANDU
www.bizmandu.com

यामाहाको डर्ट बाइक डब्लुआर १५५आर नेपाली बजारमा, अफ रोड राइडका लागि उपयुक्त

२०८१ फागुन २४

यामाहाको डर्ट बाइक डब्लुआर १५५आर नेपाली बजारमा, अफ रोड राइडका लागि उपयुक्त
यामाहाको डर्ट बाइक डब्लुआर १५५आर नेपाली बजारमा, अफ रोड राइडका लागि उपयुक्त


काठमाडौं। यामाहाको डर्ट बाइक डब्लुआर १५५आर नेपाली बजारमा आएको छ। यो बाइक अफ-रोड एडभेन्चर रुचाउने राइडरलाई ध्यानमा राख्दै कम्पनीले डिजाइन गरेको हो। नेपाली बजारका लागि धुलिखेलको डर्ट टेम्पलमा राइड एक्सपेरियन्ससहितको समारोहमा आयोजनासहित सार्वजनिक गरिएको हो।

Tata
GBIME
NLIC

यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले साँचो हस्तान्तरण गरेपछि कार्यक्रममा एडभेन्चरमा उत्साही यामाहा ग्राहकहरूले बाइक कुदाएर डर्ट ट्रयाक एक्सपिरियन्स गरेका छन्।

यामाहाको डुअल-पर्पोज बाइकको यो मोडलमा शक्तिशाली १५५ हर्षपावर लिक्विड-कूल्ड इन्जिन रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो बाइक हल्का तौल र टिकाउ फ्रेममा छ भने अफ-रोड ट्रेलहरूमा उत्कृष्ट हुनेगरि डिजाइन गरिएको छ। यसमा लङ ट्राभल सस्पेन्सन छ, जसले उच्चकोटीको स्थिरता अनुभव गराउँछ। यसमा नियन्त्रणका लागि टेलिस्कोपिक फ्रन्ट फोर्कलिंक टाइप रियर सस्पेन्सन छ।

२४५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको यो बाइकमा ठूलो २१ इन्च फ्रन्ट ह्वील भएकाले अप्ठ्यारा बाटोमा पनि यात्रा सहज हुन्छ। बाइकको अगाडि र पछाडिको डिस्कब्रेक छ। यो बाइक अब नेपालका यामाहा शोरूमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।