BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा प्रभु क्यापिटलद्वारा विभिन्न क्षेत्रका ८ जनालाई सम्मान

२०८१ फागुन २४

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा प्रभु क्यापिटलद्वारा विभिन्न क्षेत्रका ८ जनालाई सम्मान
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा प्रभु क्यापिटलद्वारा विभिन्न क्षेत्रका ८ जनालाई सम्मान


काठमाडौं। अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेपाली नारीहरुको योगदानको कदर गर्दै सम्मान गरेको छ।

Tata
GBIME

सम्मानित हुनेमा पूर्व मिस नेपाल, कर्पोरेट प्रशिक्षक तथा प्रोफेसनल एमसी सुगारिका केसी, सञ्चार उद्यमी सरिता श्री ज्ञवाली, अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक मानसी अग्रवाल, पहिलो नेपाली ओलम्पिक पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन, फोर्ब्सको २०२४ प्रभावशाली युवामा सूचीकृत ह्याप्पी माइन्ड्स संस्थापक श्रेया गिरी, आमाको अचार नामबाट उद्यमी बनेकी संगीता पाण्डे, टेक बिजनेस क्षेत्रकी सोनिका मानन्धर र नेपाल महिला उद्यमी संघ ललितपुरकी निवर्तमान अध्यक्ष रम्भा श्रेष्ठ छन्।

आ-आफ्नो क्षेत्रमा कठिन परिश्रममार्फत उन्नति, नेतृत्व, नवप्रवर्तन गर्दै नेपाली समाजमा मात्रै नभइ राष्ट्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रेरणा दिने महिलाका रुपमा चिनिएका महिलालाई सम्मान गरिएको क्यापिटलले जनाएको छ।

यस वर्षको नारी दिवको नारा ‘सबै महिला र चेलीबेटीहरूको लागि अधिकार, समानता, र सशक्तिकरण’ भन्ने छ। यसमा ऐक्यबद्धता जनाउँदै प्रभु क्यापिटलका प्रबन्ध निर्देशक आशीष गौचन र सञ्चालन विभाग प्रमुख वसन्ता उपाध्यायले सम्मान गरेका हुन्।

प्रत्येक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ, जसले महिलाहरूको उपलब्धि तथा योगदानलाई सम्मान गर्नुका साथै हरेक क्षेत्रमा उनीहरूको सहभागिता तथा समान अवसरहरू सुनिश्चित हुनुपर्ने, प्राथमिकतामा राखेर शिक्षा, रोजगारी, नेतृत्वमा पहुँचमार्फत सशक्तिकरणलाई बढावा दिने तथा भेदभाव र हिंसालाई हटाएर लैंगिक समानतालाई प्रवर्धन गर्ने उद्देश्य समावेश छ।

प्रभु क्यापिटल मर्चेन्ट सम्बन्धी सेवा प्रदान गर्ने संस्था हो जसले आफ्ना सेवा तथा प्रडक्टहरुसँगै गाँसेर सामाजिक उत्तरदायित्व समेत वहन गर्दै आएको छ। यसले पुँजीबजारसँग सम्बन्धित सचेतना कार्यक्रम तथा तालिम पनि प्रदान गर्दछ भने सेवामध्ये सेयर लगानी व्यवस्थापन सेवा, लगानी विविधीकरणको राम्रो विकल्प मानिन्छ ।

‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई प्रभु क्यापिटलको ‘प्रभु ऐश्वर्या योजना’ (पीएमएस) समेत सञ्चालनमा रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा छ।