BIZMANDU
www.bizmandu.com

कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानीका लागि बैंकहरुबीच सम्झौता

२०८१ फागुन २३

कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानीका लागि बैंकहरुबीच सम्झौता
कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानीका लागि बैंकहरुबीच सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा लि बीच १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजना लगानी गर्ने सम्झौता भएको छ।

Tata
GBIME

सो कम्पनीले मुस्ताङ र म्याग्दी जिल्लामा भइ बहने कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको हो।

सो आयोजनाको कूल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ। यो सहकार्यले नेपालको नवीकरणीय उर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले २०७५ फागुन २७ मा विद्युतविकास विभागबाट विद्युत उत्पादनको अनुमति लिएको थियो। २०७९ साल फागुन १७ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत भएको थियो।

सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी गर्नेछन्।

लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ९ अर्ब रहेको छ भने सह-अगुवा बैंकहरुको रुपमा रहेका ग्लोबल आइएमइ बैंकको ७ अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकको ५ अर्ब रुपैयाँ रहेको छ।

यस्तै, हिमालयन बैंकको ३ अर्ब, नेपाल एस.बि.आइ. बैंकको ३ अर्ब र एभरेष्ट बैंकको २ अर्ब ५० करोड समेत गरि कूल प्रोजेक्ट फाइनान्स २९ अर्ब ६२ करोड ६० लाख रहेको छ।