BIZMANDU
www.bizmandu.com

नेपाल राष्ट्र बैंकको ‘ग्लोबल मनी विक’ अभियान, सिद्धार्थनगर कायार्लयले कार्यक्रम गर्ने

२०८१ फागुन २३

नेपाल राष्ट्र बैंकको ‘ग्लोबल मनी विक’ अभियान, सिद्धार्थनगर कायार्लयले कार्यक्रम गर्ने
नेपाल राष्ट्र बैंकको ‘ग्लोबल मनी विक’ अभियान, सिद्धार्थनगर कायार्लयले कार्यक्रम गर्ने

नेपाल राष्ट्र बैंकले चैत ४ गतेदेखि १० गतेसम्म ‘ग्लोबल मनी विक’ संचालन गर्ने भएको छ।

Tata
GBIME

‘थिंक विफोर यु फलो, वाइज मनी टुमरो’ नाराका लागि ग्लोबल मनी विक २०२५ मनाउन लागिएको हो। देशभर विभिन्न कार्यक्रम गरेर यो अभियान संचालन हुने राष्ट्र बैंकले जनाएको छ।

यसबीच राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयले अभियान अन्तर्गत नेपाल बीमा प्राधिकरण, सहकारी विभाग, बैंक तथा वित्तीय संस्थाको सहभागितामा प्रभातफेरि आयोजना गर्ने भएको छ।

यस्तै,कार्यालयको अवलोकन, वित्तीय शिक्षा साक्षरता कार्यक्रम र सेचताना अभिवृद्धी कार्यक्रम पनि आयोजना गरिने भएको छ।

चैत ८ गचे रुपन्देहीमा स्नातक अध्ययरन विद्यार्थीबीच हाजिरीजवाफ प्रतियोगिता पनि संचालन गरिने भएको छ।