BIZMANDU
www.bizmandu.com

२१औं वार्षिकोत्सव पारेर एफवान सफ्टमा नेतृत्व परिवर्तन, अध्यक्ष बने सिद्धान्त ठकुरी

२०८१ फागुन २३

२१औं वार्षिकोत्सव पारेर एफवान सफ्टमा नेतृत्व परिवर्तन, अध्यक्ष बने सिद्धान्त ठकुरी
२१औं वार्षिकोत्सव पारेर एफवान सफ्टमा नेतृत्व परिवर्तन, अध्यक्ष बने सिद्धान्त ठकुरी


काठमाडौं। एफवान सफ्टको अध्यक्षमा सिद्धान्त ठकुरी नियुक्त भएका छन्। नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्टले आफ्नो २१औं वार्षिकोत्सवका अवसरमा नेतृत्व हस्तान्तरण गरेको हो।

Tata
GBIME
NLIC

सन् २००४ मा स्थापित यस कम्पनीले दुई दशकदेखि नेपालमा वित्तीय प्रणालीलाई नयाँ दिशा प्रदान गर्दै आइरहेको छ।

भुक्तानीका लागि लाइनमा बस्नुपर्ने बाध्यतालाई हटाएर सहजता प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले अनलाइन भुक्तानी सुविधालगायतका सेवा दिइरहेको छ। एफवान सफ्टकासहायक कम्पनीहरूले क्यूआर भुक्तानी, डिजिटल वालेट, डिजिटल कर्जा र रेमिटेन्स सेवा प्रदान गर्दै वित्तीय पहुँचको नयाँ परिभाषा दिएको छ। यसले साना–ठूला सबै प्रकारका व्यापार, व्यावसायिक संस्थाहरूलाई वित्तीय सेवा प्रदान गर्दै नेपाललाई सशक्त बनाएको छ।

कम्पनीले १५०० भन्दा बढी युवाहरुलाई रोजगारी प्रदान गर्दै आएको छ। २१औं वार्षिकोत्सवका अवसरमा अध्यक्ष रहेका विश्वास ढकालले कम्पनीमा नेतृत्व परिवर्तनको घोषणा गर्दै नयाँ अध्यक्षमा ठकुरीलाई नियुक्त गरेको बताएका छन्।

‘२१ वर्षमा प्रमुख बैंक र वित्तीय संस्थासँग साझेदारी गर्दै लाखौं नेपालीलाई डिजिटल वित्तीय सेवा उपलब्ध गराउन सफल भएका छौं। दिनमा नेपालको वित्तीय क्षेत्रलाई थप डिजिटलाइज गरेर नयाँ प्रविधिमा आधारित रणनीतिहरू अपनाउने योजना रहेको विषयमा पनि जोड दिन्छौं,’ ढकालले भने।

ठकुरी प्रमुख सञ्चालन अधिकृतको रुपमा कार्यरत थिए।