BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तीन दिन लगातार वृद्धिपछि घट्यो, प्रति तोला ५०० रुपैयाँ सस्तियो, महँगियो चाँदी

२०८१ फागुन २३

सुनको मूल्य तीन दिन लगातार वृद्धिपछि घट्यो, प्रति तोला ५०० रुपैयाँ सस्तियो, महँगियो चाँदी
सुनको मूल्य तीन दिन लगातार वृद्धिपछि घट्यो, प्रति तोला ५०० रुपैयाँ सस्तियो, महँगियो चाँदी


काठमाडौं। तीन दिन लगातार बढेको सुनको मूल्य साताको अन्तिम दिन घटेको छ। सुनको भाउ शुक्रबार प्रति तोला ५०० रुपैयाँ घटेको हो।

Tata
GBIME
NLIC

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला १ लाख ७० हजार २०० रुपैयाँ निर्धारण भएको छ। सुन फागुन २० देखि २२ गतेसम्म तीन दिनमा प्रति तोला २ हजार ६०० रुपैयाँ बढेको थियो।

चाँदीको भाउ भने शुक्रबार बढेको छ। चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रति तोला १ हजार ९९० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २९०८.३ डलर छ। चाँदी प्रति औंस ३२.६१ डलरमा कारोबार भइरहेको छ।बिहीबार सुन प्रति औंस २९१६.७६ डलर र चाँदी प्रतिऔंस ३२.५९ डलरमा कारोबार भएको थियो।