BIZMANDU
www.bizmandu.com

एमजी गाडी बेच्न पारामाउन्ट एग्रेसिभ, ४४ लाखमा एमजी एस ५, बीवाइडी, टाटा र हुण्डाईसँग कडा टक्कर

२०८१ फागुन २२

एमजी गाडी बेच्न पारामाउन्ट एग्रेसिभ, ४४ लाखमा एमजी एस ५, बीवाइडी, टाटा र हुण्डाईसँग कडा टक्कर
एमजी गाडी बेच्न पारामाउन्ट एग्रेसिभ, ४४ लाखमा एमजी एस ५, बीवाइडी, टाटा र हुण्डाईसँग कडा टक्कर


काठमाडौं। मोरिस ग्यारेज(एमजी)को नयाँ गाडी एमजी एस ५ एसयूभी नेपाली बजारमा भित्रिएको छ। आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले बिहिबार एक समारोहबीच गाडी सार्वजनिक गरेको हो।

Tata
GBIME
NLIC

एमजीको गाडी ६ वर्षदेखि नेपाली बजारमा बिक्री हुँदै आएको छ। पारामाउन्टले ४४ लाख रुपैयाँ सुरुवाती मूल्य राखेर बीवाइडी डल्फिन, टाटा नेक्सन तथा कर्भ, हुण्डाईको क्रेटा र बीवाइडीको एटो-३ एडभान्ससम्मलाई कडा टक्कर दिएको छ।

एमजी एस ५ ले प्रोटोनको इम्यास सेभेन र टाटा कर्भ इभीसँग प्रतिस्पर्धा गर्नेछ। ती गाडी केहीदिन अगाडि नेपाली बजारमा भित्रिसकेका छन्। हुन्डाईको क्रेटा इभी पनि अर्को हप्ता भित्र्याइँदैछ।

नेपाली बजारमा एमजी एस ५ को आगमनले विद्युतीय सवारी साधनको क्षेत्रमा नयाँ तरंग ल्याएको पारामाउन्ट मोटर्सले जनाएको छ।

एमजी जेडएस इभीको सफलतापछि बजारमा नयाँ गाडी ल्याइएको हो। जेडएस इभी नेपाली बजारमा अहिलेसम्म २५ सय युनिट बिक्री भइसकेको कम्पनीको दाबी छ।

कम्पनीले एमजी एस ५ गाडी तीनवटा भेरिन्टमा ल्याएको छ। एउटामा ४९ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक छ। यसको ब्याट्रीले फुल चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।

यसको मूल्य ४३ लाख ९९ हजार र ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

अर्कोमा ६२ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुनेछ। यो ब्याट्रीले फुल चार्जमा ४३० किलोमिटर रेन्ज दिन्छ। यसको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

दुबै गाडीमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यसमा भएको रियल ह्वील ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन विशेषताले ग्राहकलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ।

एमजी एस ५ रियर-ह्वील ड्राइभ (पछाडिको चक्कामा शक्ति जाने) व्यवस्था भएको गाडी हो। यसमा इन्डिपेन्डेन्ट सस्पेन्सन (प्रत्येक चक्काको सस्पेन्सन स्वतन्त्र रूपमा चल्ने) व्यवस्था छ।

एमजी एस ५ पूर्णरुपमा इभी प्लेटफर्ममा बनेको गाडी हो। गाडीको डिजाइन नै इभी डेडिकेटेड छ। अरु गाडीको भन्दा फरक फिचर यसमा आई स्मार्ट एप हालिएको छ- च्याटजीपीटी, स्पोर्टीफाइ, युट्युब र टिकटक।

गाडीको स्क्रिनमा अनलाइन ब्राउज गर्न सकिन्छ। यसका लागि सिम चाहिंदैन। ५०० एमबी डेटा प्याकसहित ३ वर्षको प्याकेज उपलब्ध छ।

एस ५ मा ब्याट्री सेल होराइजेन्टल रुपमा राखिएको छ। यसको फाइदा ब्याट्री पातलो हुन्छ। जसले इन्टेरियरमा ठूलो ठाउँ दिन्छ। गाडीमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स छ। पातलो ब्याट्री सबैभन्दा सुरक्षित मानिन्छ।