BIZMANDU
www.bizmandu.com

सेयर बजारमा लगातार चौथो दिन गिरावट, नेप्से २.७० अंकले घट्दा १०.१० अर्बको कारोबार

२०८१ फागुन २२

सेयर बजारमा लगातार चौथो दिन गिरावट, नेप्से २.७० अंकले घट्दा १०.१० अर्बको कारोबार
सेयर बजारमा लगातार चौथो दिन गिरावट, नेप्से २.७० अंकले घट्दा १०.१० अर्बको कारोबार


काठमाडौं। सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ। नेप्से परिसूचक बिहीबार २.७० अंकले ओरालो लागेर २८१८.४३ विन्दु कायम भएको छ।

Tata
GBIME
NLIC

कारोबारमा आएका बैंकिङ, डेभलपमेन्ट बैंक, उत्पादन तथा प्रशोधन र माइक्रो फाइनान्स बाहेकका उपसमूहले बजार घटाएका हुन्। १३२ कम्पनीको सेयर मूल्य घटेको छ।

९९ कम्पनीको मूल्य बढेको छ। गार्डियन माइक्रोलाइफ, भूगोल इनर्जी र उपकार लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

बजारमा १० अर्ब १० करोड १८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक १ अर्ब १२ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

त्यस्तै, नेपाल रि-इन्स्योरेन्सको १ अर्ब ८ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको ३४ करोड १७ लाख र घलेम्दी हाइड्रोपावरको ३१ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।