BIZMANDU
www.bizmandu.com

स्वरोजगार लघुवित्तको एफपीओमा ११८.८४ गुणा बढी आवेदन, १८.६२ लाखको हात रित्तो हुने

२०८१ फागुन २१

स्वरोजगार लघुवित्तको एफपीओमा ११८.८४ गुणा बढी आवेदन, १८.६२ लाखको हात रित्तो हुने
स्वरोजगार लघुवित्तको एफपीओमा ११८.८४ गुणा बढी आवेदन, १८.६२ लाखको हात रित्तो हुने


काठमाडौं। स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ)मा २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागl आवेदन परेको छ।

Tata
GBIME
NLIC

लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गरेकामा १८ लाख ८२ हजार ४२२ आवेदकले २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएका हुन्।

लघुवित्तको एफपीओमा मागभन्दा ११८.८४ गुणा बढी आवेदन परेकाले १८ लाख ६२ हजारभन्दा धेरैको हात खाली हुनेछ। लघुवित्तको चुक्ता पुँजी हाल ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ छ।

एफपीओ बिक्री पश्चात लघुवित्तको चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ। लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल छ।