काठमाडौं। विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस सांघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटोको नयाँ इभी एसयूभी एलईभी ०१ नेपाली बजारमा सार्वजनिक भएको छ। नेक्सन भेन्चरले एसयूभी एलईभी ०१ नेपाल ल्याएको हो।
एलईभी ०१ स्ट्यान्डर्ड र कम्फर्ट दुई भेरियन्टमा भित्र्याइएको छ। यसमा एउटा ६७.१२ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा छ। यो इभीमा ९९ किलोवाट क्षमताको मोटर पावर राखिएको फ्रन्ट ह्वील ड्राइभमा उपलब्ध छ। यो मोटरले ३०० न्यूटन मिटरको टर्क उत्पादन गर्छ।
एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स छ। प्योर इलेक्ट्रिक प्लेटफर्म एलईभी एक्समा बनेको हो।
एलईभी ०१ मा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आयन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ। यो इभीले एक पटकको फुल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिन्छ।
प्रिमियम डिजाइन रहेको एलईभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप छ र पछाडि सस्पेन्डेड टेललाइट डिजाइन छ। लेदरेट स्टेरिङ ह्वील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टिकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट जस्ता फिचर गाडीमा छन्।
लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्ट्रुमेन्टल क्लस्टर, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता सुविधा छन्।
सुरक्षाका लागि यो इभीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रुज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल लगायत सुविधा गाडीमा उपलब्ध छन्।