BIZMANDU
www.bizmandu.com

सीजी मोटर्सको एक्सचेन्ज मेला, पुराना गाडीसँग आयोन, एक्स्पेङ, डायुन, र नेटा साट्न पाइने

२०८१ फागुन २१

सीजी मोटर्सको एक्सचेन्ज मेला, पुराना गाडीसँग आयोन, एक्स्पेङ, डायुन, र नेटा साट्न पाइने
सीजी मोटर्सको एक्सचेन्ज मेला, पुराना गाडीसँग आयोन, एक्स्पेङ, डायुन, र नेटा साट्न पाइने


काठमाडौं। गाडी बिक्रेता सीजी मोटर्सले इभी एक्सचेन्ज मेला आयोजना गरेको छ। मंगलबारदेखि एक साताका लागि आयोजित मेलामा ग्राहकले नयाँ इभी लैजान पाउने कम्पनीले जनाएको छ।

Tata
GBIME
NLIC

थापाथलीस्थित शोरुममा आयोजित मेलामा ग्राहकले पुराना सवारीसाधनहरूलाई नयाँ इलेक्ट्रिक गाडीहरू साट्न पाइने सुविधा छ। कम्पनीले आयोन, एक्स्पेङ, डायुन, र नेटा जस्ता प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डका गाडीहरू लैजान पाउने कम्पनीले जनाएको छ।

एक्सचेन्ज मेलामा ग्राहकका लागि एक्सचेन्ज बोनस, आकर्षक छुट, निःशुल्क एसेसरिजहरू र सजिलो फाइनान्सिङका विकल्पहरू जस्ता विशेष फाइदाहरू पाउने जनाइएको छ।  मेलामा ग्राहकले निःशुल्क ७ किलोवाटको चार्जर, एक आर्थिक वर्षको निःशुल्क सवारी कर, र अटो प्लस बीमा पनि प्राप्त गर्नेछन्।

पुराना गाडीहरूको उत्कृष्ट मूल्यांकन गरिने भएकाले इलेक्ट्रिक गाडीमा अपग्रेड हुन चाहने ग्राहकका लागि यो उत्कृष्ट अवसर हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा छ।

कम्पनीले टेस्ट ड्राइभ गर्ने इच्छुक ग्राहकलाई विशेष उपहार पनि दिने गरिएको जनाएको साथै सहभागीले लक्की ड्रमार्फत आईफोन १६ जित्न सक्ने अफर पनि छ।