BIZMANDU
www.bizmandu.com

सेयर बजार ३०.३६ अंकले घट्यो, १२ अर्ब ९४ करोडको कारोबार, हिमालयन रि आज पनि अगाडि

२०८१ फागुन २०

सेयर बजार ३०.३६ अंकले घट्यो, १२ अर्ब ९४ करोडको कारोबार, हिमालयन रि आज पनि अगाडि
सेयर बजार ३०.३६ अंकले घट्यो, १२ अर्ब ९४ करोडको कारोबार, हिमालयन रि आज पनि अगाडि

काठमाडौं। साताको दोस्रो दिनका तुलनामा मंगलबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० को विन्दुमा आएको छ। कारोबारमा आएका सबै उपसमूहका सूचक घटेको छ।

Tata
GBIME

उत्पादन तथा प्रशोधन क्षेत्रका लगानीकर्ताले सर्वाधिक २.२१ प्रतिशतले गुमाएका छन्। फाइनान्स २.१० र इन्भेष्टमेन्टको सूचक १.७५ प्रतिशतले घटेको छ।

१९८ कम्पनीका सेयरमूल्यमा गिरावटले लगानीकर्ताले गुमाएका छन्। सिन्धु विकास बैंकको सेयरमूल्य घटेर नेगेटिभ सर्किट लागेको छ।

४१ कम्पनीको सेयरमूल्य बढ्दा भने लगानीकर्ताले कमाएका छन्। गार्डियन माइक्रो इन्स्योरेन्सको मूल्यमा आज पनि पोजेटिभ सर्किट लागेको छ।

१२ अर्ब ९४ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै, नेपाल रिइन्स्योरेन्सको ६४ करोड २५ लाख, सिन्धु विकास बैंक ४७ करोड १३ लाख र घलेम्दी हाइड्रोपावरको ३९ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यसअघि सोमबार अन्तिममा २८७६.६६ विन्दु कायम भएको बजारमा १४ अर्ब २८ करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको थियो। धेरै किनबेच हुनेमा पहिलो बनेको हिमालयन रि-इन्स्योरेन्सको १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँको कारोबार भएको थियो।