BIZMANDU
www.bizmandu.com

इभी ह्याचब्याक सेगमेन्टमा आयो लिपमोटरको टी ०३, मूल्य २८.९९ लाख रुपैयाँ

२०८१ फागुन २०

इभी ह्याचब्याक सेगमेन्टमा आयो लिपमोटरको टी ०३, मूल्य २८.९९ लाख रुपैयाँ
इभी ह्याचब्याक सेगमेन्टमा आयो लिपमोटरको टी ०३, मूल्य २८.९९ लाख रुपैयाँ

काठमाडौं। नेपाली अटो बजारमा इभी ह्याचब्याक सेग्मेन्टमा लिपमोटरको टी ०३ गाडी भित्रिएको छ। लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटरले मंगलबार टी ०३ गाडी सार्वजनिक गरेको हो।

Tata
GBIME

कम्पनीले यसअघि लिपमोटरको सी १० एसयूभी भित्र्याएको थियो। टी ०३ यो ब्रान्डको दोस्रो मोडल हो। यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

गाडीमा ३३ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक छ। यसले फुल चार्जमा ३९५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

यसमा ७० किलोवाट क्षमताको मोटर उपलब्ध छ। गाडी ५ वटा कलरमा उपलब्ध छन्। यसमा लक्जरी गाडीमा मात्रै हुने ८ वटा एयरब्याग छ।