BIZMANDU
www.bizmandu.com

बीवाइडीको ‘हाई-टेक वीक’ पुगे चेल्सीका विद्यार्थी, इभी प्रविधिबारे लिए जानकारी

२०८१ फागुन २०

बीवाइडीको ‘हाई-टेक वीक’ पुगे चेल्सीका विद्यार्थी, इभी प्रविधिबारे लिए जानकारी
बीवाइडीको ‘हाई-टेक वीक’ पुगे चेल्सीका विद्यार्थी, इभी प्रविधिबारे लिए जानकारी

काठमाडौं । चिनियाँ गाडी उत्पादक कम्पनी बीवाइडीले आयोजना गरेको हाई-टेक वीक २०२५ सम्पन्न भएको छ।

Tata
GBIME

बानेश्वरको द एभरेष्ट होटलमा आगामी फागुन १५ गते सुरु भएको प्रदर्शनीमा चेल्सी वर्ल्ड स्कुलका विद्यार्थीहरु पनि अवलोकनमा पुगेका थिए।

प्रदर्शनीमा पुगेका विद्यार्थीहरु विद्युतीय गाडीको प्रविधिबारे जानकारी लिन उत्सुक देखिएका थिए। उनीहरुले बीवाइडीका नयाँ मोडलका गाडीहरु बारे जानकारी लिँदै इभी प्रविधिको विविध पक्षबारे जानकारी लिएका थिए।

सो कार्यक्रममा न्यु इनर्जी भेहिकल्स (एनईभि) र सस्टेनेबल इनोभेसनलाई बेजोड रुपमा प्रस्तुत गरिएको थियो। इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिबारे विद्यार्थीहरुले जानकारी लिएका थिए।