BIZMANDU
www.bizmandu.com

दुई दिन स्थिर रहेको सुनचाँदीको भाउ बढ्यो, सुन तोलामा १४०० रुपैयाँ महँगियो

२०८१ फागुन २०

दुई दिन स्थिर रहेको सुनचाँदीको भाउ बढ्यो, सुन तोलामा १४०० रुपैयाँ महँगियो
दुई दिन स्थिर रहेको सुनचाँदीको भाउ बढ्यो, सुन तोलामा १४०० रुपैयाँ महँगियो


काठमाडौं। दुई दिन स्थिर रहेको सुनचाँदीको मूल्य मंगलबार बढेको छ। सुनको मूल्य प्रति तोला १४०० र चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँ बढेको हो।

Tata
GBIME
NLIC

सोमबार प्रति तोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन भाउ मंगलबार प्रति तोला १ लाख ६९ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

फागुन १६ गते प्रति तोला २२०० रुपैयाँ बढेको सुनको भाउ त्यसपछि स्थिर थियो।

चाँदीको भाउ मंगलबार प्रति तोला १९४० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनचाँदीको मूल्यमा झिनो बढोत्तरी छ। सुन प्रति औंस २८९२.४५ डलरले किनबेच भइरहेको छ। यो अघिल्लो दिनका तुलनामा ०.९८ डलरको बढोत्तरी हो। चाँदी प्रति औंस ३१.१७ डलर छ।