BIZMANDU
www.bizmandu.com

पियोर इनर्जीको आइपीओ बिक्रीमा, स्थानीय र वैदेशिक रोजगारीमा गएकाले आवेदन दिन पाउने

२०८१ फागुन २०

पियोर इनर्जीको आइपीओ बिक्रीमा, स्थानीय र वैदेशिक रोजगारीमा गएकाले आवेदन दिन पाउने
पियोर इनर्जीको आइपीओ बिक्रीमा, स्थानीय र वैदेशिक रोजगारीमा गएकाले आवेदन दिन पाउने


काठमाडौं। पियोर इनर्जी लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुलाएको हो।

Tata
GBIME
NLIC

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र १४ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई निष्कासन गरेको छ।

आयोजना प्रभावितका लागि खुलाइएको आइपीओमा बाँकेका आयोजना प्रभावितहरुले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आइपीओमा न्यूनतम् १० र अधिकतम् १६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

त्यस्तै, वैदेशिक रोजारीमा रहेकाहरुले अधिकतम् ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेको आइपीओ छिटोमा चैत ५ र ढिलोमा चैत २० गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेकाले चैत ५ गतेभित्र आवेदन दिनुपर्नेछ।

कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ। आइपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर दिएको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ। कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ छ।

चालु आर्थिक वर्ष ६ महिनामा कम्पनीले १ करोड १४ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ। कम्पनीको प्रति सेयर आम्दानी ०.३८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १०१.४३ रुपैयाँ छ।