BIZMANDU
www.bizmandu.com

सेयर लगानीकर्ता पुनर्बीमा कम्पनीमा ओइरिए, हिमालयन रि-इन्स्योरेन्सको मात्रै १.३८ अर्बको कारोबार

२०८१ फागुन १९

सेयर लगानीकर्ता पुनर्बीमा कम्पनीमा ओइरिए, हिमालयन रि-इन्स्योरेन्सको मात्रै १.३८ अर्बको कारोबार
सेयर लगानीकर्ता पुनर्बीमा कम्पनीमा ओइरिए, हिमालयन रि-इन्स्योरेन्सको मात्रै १.३८ अर्बको कारोबार


काठमाडौं। नौ कारोबार दिनमा २१२ अंकले बढेको नेप्से परिसूचक दशौं दिनमा १३.६२ अंकले घटेको छ। बजार खुलेको ५ मिनेटमै २९२९ विन्दुमा पुगेको नेप्से सोमबार अन्तिममा २८७६.६६ विन्दु कायम भएको छ।

Tata
GBIME
NLIC

म्युचुअल फण्ड, जीवन बीमा, निर्जीवन बीमा, अन्य र उत्पादनमूलक उपसमूहबाहेकले नेप्से घटाएका हुन्। होटल उपसमूहको सूचक सबैभन्दा धेरै १.८८ प्रतिशतले ओरालो लागेको छ। अन्य उपसमूहको सूचक १.६८ प्रतिशतले उकालो लागेको छ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्न रोकिएको छैन। यो कम्पनीको सेयर मूल्य प्रति कित्ता १२५६ रुपैयाँ पुगेको छ। ५१ कम्पनीको मूल्य बढ्दा १८७ कम्पनीका सेयरधनीले गुमाएका छन्।

बजारमा १४ अर्ब २८ करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। धेरै किनबेच हुनेमा हिमालयन रि-इन्स्योरेन्स पहिलो नम्बरमा छ। यो कम्पनीको १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ। यो कम्पनीको सेयर मूल्य ७.२५ प्रतिशतले बढेर प्रति कित्ता १०९३ रुपैयाँ पुगेको छ।

यस्तै नेपाल पुनर्बीमा कम्पनीको ७३ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यो कम्पनीको सेयर मूल्य प्रति कित्ता ११ रुपैयाँ बढेको छ। नेप्से आइतबार ७५ अंकले बढेको थियो भने १४ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको थियो।