BIZMANDU
www.bizmandu.com

टाटाको कर्भ इभीले बनायो ‘फास्टेस्ट इभी ड्राइभ’को रेकर्ड, ३८२३ किलोमिटर साढे ७६ घण्टामा पूरा

२०८१ फागुन १८

टाटाको कर्भ इभीले बनायो ‘फास्टेस्ट इभी ड्राइभ’को रेकर्ड, ३८२३ किलोमिटर साढे ७६ घण्टामा पूरा
टाटाको कर्भ इभीले बनायो ‘फास्टेस्ट इभी ड्राइभ’को रेकर्ड, ३८२३ किलोमिटर साढे ७६ घण्टामा पूरा

काठमाडौं। टाटा मोटर्सको नयाँ गाडी कर्भ इभीले इभी ड्राइभमा रेकर्ड बनाएको छ। कर्भ इभीले ३ हजार ८२३ किलोमिटर दूरी (काश्मिर-कन्याकुमारी) ७६ घण्टा ३५ मिनेटमा पार गरेर ‘फास्टेस्ट इभी ड्राइभ’को रेकर्ड बनाएको हो।

Tata
GBIME

कर्भ इभीको टेस्ट ड्राइभबाट भारतले चार्जिङ नेटवर्क कसरी विस्तार गरिरहेको छ भन्ने छर्लङ्ग भएको छ। चार्जिङ स्टेसन धेरै हुँदा लामो दूरीमा यात्रा गर्न सहज हुन्छ।

फेब्रुवरी २५ देखि २८ सम्म टेस्ट ड्राइभका क्रममा कर्भ इभीलाई १६ वटा चार्जिङ स्टेसनमा चार्ज गरिएको थियो। भारतका ८० प्रतिशत राष्ट्रिय राजमार्गमा प्रत्येक ५० किलोमिटरको दूरीमा फास्ट चार्जर राखिएको छ।

कुपे डिजाइनमा तयार पारिएको यो एसयूभी केही दिन अगाडि नेपाली बजारमा लन्च गरिसकिएको छ।