काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले ८औं वार्षिक साधारण सभा चैत १५ गते गर्ने भएको छ।
कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले साधारण सभाको मिति तय गर्दै बुक क्लोज मिति तोकेको छ। कम्पनीले फागुन २८ गते बुक क्लोज मिति तोकेको हो।
इन्स्योरेन्सले साधारण सभामा २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव लाँदैछ।