BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंकको तीन अर्ब रुपैयाँको ऋणपत्र बिक्रीमा, फागुन २१ सम्म म्याद, ब्याजदर ७.५० प्रतिशत

२०८१ फागुन १८

एभरेष्ट बैंकको तीन अर्ब रुपैयाँको ऋणपत्र बिक्रीमा, फागुन २१ सम्म म्याद, ब्याजदर ७.५० प्रतिशत
एभरेष्ट बैंकको तीन अर्ब रुपैयाँको ऋणपत्र बिक्रीमा, फागुन २१ सम्म म्याद, ब्याजदर ७.५० प्रतिशत

काठमाडौं। एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुलाएको छ। बैंकले १० वर्ष अवधिको ऋणपत्रको बिक्री आइतबार खुलाएको हो।

Tata
GBIME

‘एभरेष्ट बैंक डिबेन्चर २०९१’ नाम दिइएको ऋणपत्रमा आवेदन दिने म्याद फागुन २१ गतेसम्म छ। ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १२ लाख ईकाईसम्मका लागि आवेदन दिन सकिनेछ।

१ हजार रुपैयाँका दरले ३० लाख ईकाई ऋणपत्र निष्कासन गरिएकामा १८ लाख ईकाई विभिन्न संघ संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ। बाँकी १२ लाख ईकाईमध्ये ६० हजार ईकाई ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

ऋणपत्रको वार्षिक ब्याजदर ७.५० प्रतिशत तोकिएको छ। यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ।