काठमाडौं। स्वरोजगार लघुवित्तले थप सार्वजनिक निष्कासन अर्थात एफपीओको बिक्री खुलाएको छ।
लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओको बिक्री आइतबार खुलाएको हो। एफपीओका लागि लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ।
लघुवित्तको चुक्ता पुँजी हाल ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ छ। एफपीओ बिक्रीपश्चात लघुवित्तको चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ।
लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल छ।