BIZMANDU
www.bizmandu.com

अमेरिकी छोरीको नेपाल कथा, ‘बालबालिकाको बिजोगको दृश्यले मलाइ चिमोट्यो’

२०८१ फागुन १७

अमेरिकी छोरीको नेपाल कथा, ‘बालबालिकाको बिजोगको दृश्यले मलाइ चिमोट्यो’
अमेरिकी छोरीको नेपाल कथा, ‘बालबालिकाको बिजोगको दृश्यले मलाइ चिमोट्यो’


पोखरा। अमेरिकी नागरिक म्यागी डोएनले नेपाललाई सगरमाथा वा पर्यटकीय सहर पोखरामार्फत चिनेकी होइनन्। जुन गन्तव्य विदेशी पर्यटकमाझ नेपाललाई सुन्दर देखाउने एउटा उदाहरण हुन्। १९ वर्षको उमेरमा भारत घुम्न आएकी डोएनले नेपाली श्रमिकमार्फत पश्चिम नेपालको दृष्टान्त सुनिन्। त्यसै क्रममा उनी यात्रामा निस्किन कर्णालीतर्फ।

Tata
GBIME
NLIC

यात्राको क्रममा सुर्खेत पुगेकी उनले नदी किनारमा बालबालिकाले गिट्टी कुटिरहेको देखिन्। यो दृश्यले अमेरिकामा शिक्षाको सहज पहुँच पाएर हुर्केकी डोएनलाई लागि घोच्यो।

‘खोलामा कति धेरै बच्चा। गिट्टी कुट्ने? यो सानो बच्चा किन गिटी कुट्ने यो घाममा चिसोमा सोधेँ। यो एक ब्याग बेचेपछि १ सय आउँछ खाने पैसा आउँछ। तब मैले आफू ६ वर्षको उमेरमा पढ्न सिकिरहेको खेलेको कुरा सम्झिएँ। यो न्यायपूर्ण लागेन,’ डोएनले भनिन्।

पोखरामा जारी एनसेल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलको दोस्रोको ‘अमेरिकी छोरी, नेपाली आमा’ सत्रमा कुराकानी गर्दै उनले पश्चिम नेपालको भ्रमणले फरक ढंगले नेपालसँग आफनो परिचय जोडिएको बताइन्।

सत्रका सहजकर्ता, बालरोग विशेषज्ञ तथा लेखक नवराज केसीले म्यागीलाई नेपाल आउँदाको पहिलो अनुभव सम्झाए। म्यागी आफनो नेपालको पहिलो यात्रालाई गाह्रो मानिछन्। ‘सुरुमा मेरो यात्रा नेपालमा धेरै गाह्रो भयो। म युवक थिएँ, मसँग केही उत्तर थिएन। १९ वर्षको बच्चासँग केही थिएन। म कर्णालीमा हिँड्दै थिएँ। म अनुभव लिँदै थिएँ। अमेरिकन महिला जसले शिक्षा पायो जसले अरुको पीडा देखेको थिएन। यो यात्रामा मैले यी सबै देखेँ महसुस गरेँ,’ म्यागीले भनिन्।

यही दृश्यले उनलाई चिमोट्यो। आफू शिक्षादीक्षामा सहज वातावरणमा हुर्केकी म्यागीले ती बच्चाहरुको जीवन नजिकबाट नियालिन्। त्यही समय उनले निर्णय गरेकी थिइन्, यसरी बालबालिकालाई किनारमा गिटी कुट्न दिन्न। १९ वर्षकी बालिका, जोसँग योजना वा रकम केही थिएन, मात्र थियो त प्रश्न र इच्छा। यही क्रममा उनी आफनो देश फर्किएर नदी किनार भेटिएका बालबालिकाका लागि सपना लिएर आइन्।

उनले २००९ सालमा कोपिला भ्याली विद्यालय खोलिन्। समाजसेवाका लागि उनले सीएनएन हिरो अवार्ड समेत पाएकी छन्।

‘म यो विषयलाई छोडेर जान चाहिनँ। मैले स्वीकार गर्न पनि सकिनँ। मलाई एकदिन यो खोलाको किनार आउँदा कुनै पनि बच्चा फेरि देख्न नपरोस् लाग्यो, मैले त्यसपछि कुरा बुझन थालेँ। म सँग प्रश्न मात्र थिएँ,’ उनले हर्षका साथ भनिन्, ‘अहिले त्यो खोला किनारमा कुनै बच्चा गिट्टी कुटिरहेका छैनन् । मैले मात्र होइन समुदायले गर्दा पनि हो।’

उनले आफनो कामका बारेमा ‘बिटविन द माउन्टेन एन्ड स्काइ ’ पुस्तक लेखेकी छन्। जसको नेपालीमा अनुवादन भएर आउँदै छ।

बच्चाको शिक्षामा जीवन बिताएकी म्यागी उनीहरुको सुन्दर भविष्य देख्दा आशा लाग्ने बताउँछिन्। ‘उनीहरुको सुरक्षा गर्नुस्। आफनो मात्र होइन सबै बच्चाको उनीहरु डाक्टर वा भविष्य बनेका हेर्नु त्यो हेर्दा मलाई निकै आशा लाग्छ,’ उनले भनिन्।

बहसमा रामकृष्ण काफ्लेले १९ वर्षको अवधि के कति अन्तर पाएको प्रश्न गरेका थिए। ‘कर्णालीको व्यथा देखाउनुभयो त्यो किताबबाट जानकारी लिनु। १९ वर्ष र अहिलेमा त्यहाँको आमा र बच्चामा कति अन्तर पाउनुभयो?,’ काफलेले प्रश्न गरे।

यसको जवाफमा म्यागीले हर्षित हुँदै कर्णालीले मात्र होइन पछिल्लो समयमा नेपालले धेरै सफलता हासिल गरेको सुनाइन्।

‘१९ वर्ष अगाडि र अहिले फरक छ नेपालले ठूलो सफलता हासिल गरेको छ। महिलाहरु विद्यालय जान्छन्। सफलताको धेरै कथाहरु छन्। बालविवाहहरु त्यो समयमा धेरै थियो,’ म्यागीले जवाफ दिइन्।

त्यसै क्रममा वीरसिंह बूढाको प्रश्न थियो –महिला सशक्तिकरणका विषयमा तपाइँले मुख्य के गरिरहनुभएको छ?

यसमा उनले स्वच्छ महिनावारीको विषय र पोषिलो खानाको विषयमा काम गरिरहेको सुनाइन्। सोही काम गरिरहँदा आफूहरुले महिलालाई आत्मनिर्भर बनाउन कार्यक्रम आवश्यक रहेको बुझेपछि त्यसअनुरुप काम अगाडि बढाएको सुनाइन्।

‘त्यहाँ मेरो उमेरको कोही शिक्षा पाएनन्। उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपनि अर्को कुरा हो। हाम्रो कार्यक्रमको मुख्य विषय पनि यो थियो। स्वरोजगारको वातावरण बनायौँ,’ म्यागीले भनिन्।