BIZMANDU
www.bizmandu.com

क्यापिटल म्याक्स सेक्युरिटिज व्यवसाय विस्तारमा, पोखराको न्युरोडमा खोल्यो शाखा

२०८१ फागुन १६

क्यापिटल म्याक्स सेक्युरिटिज व्यवसाय विस्तारमा, पोखराको न्युरोडमा खोल्यो शाखा
क्यापिटल म्याक्स सेक्युरिटिज व्यवसाय विस्तारमा, पोखराको न्युरोडमा खोल्यो शाखा


काठमाडौं। क्यापिटल म्याक्स सेक्युरिटिज व्यवसाय विस्तारमा लागेको छ। व्यवसाय विस्तार अन्तर्गत कम्पनीले पोखरामा शाखा खोलेको छ।

Tata
GBIME
NLIC

क्यापिटल म्याक्सका अध्यक्ष अतितलाल श्रेष्ठले सेयर लगानीकर्ताको मागअनुसार पोखरामा शाखा खोलेको बताए।

‘हामीले धितोपत्र बोर्डको नियमभित्र रहेर लगानीकर्तालाई बढीभन्दा बढी सेवा सुविधा दिने उद्देश्य अनुरुप पोखरामा पहिलो शाखा खोलेका छौं,’ उनले भने, ‘पोखराका लगानीकर्ताले सेयर कारोबारका लागि सरल र सहजरुपमा सेवा पाउनुहुनेछ भन्ने आशा गरेका छौँ।’

काठमाडौंको कमलपोखरीमा मुख्य कार्यालय रहेको कम्पनीले देशका अन्य सहरमा पनि छिट्टै शाखा विस्तार गर्ने बताएको छ।