BIZMANDU
www.bizmandu.com

सिटिजन्स म्युचुअल फण्ड-१ परिपक्व, आइतबारदेखि सूचीकरण खारेज

२०८१ फागुन १६

सिटिजन्स म्युचुअल फण्ड-१ परिपक्व, आइतबारदेखि सूचीकरण खारेज
सिटिजन्स म्युचुअल फण्ड-१ परिपक्व, आइतबारदेखि सूचीकरण खारेज


काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड-१ को सूचीकरण खारेज गरिएको छ। सोमबार योजना परिपक्व हुने भएकाले आइतबारदेखि लागू हुने गरि नेप्सेले सूचीकरण खारेज गरेको हो।

Tata
GBIME
NLIC

प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको ८ करोड २० लाख इकाई रहेको सिटिजन्स म्युचुअल फण्ड-१ को सूचीकरण खारेज गरिएको नेप्सेले जनाएको छ।

सिटिजन्स म्युचुअल फण्ड-१ सात वर्षे अवधिको बन्दमुखी योजना हो। फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरीमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।