BIZMANDU
www.bizmandu.com

कालिञ्चोक दर्शनले ६० करोडको हकप्रद निष्कासन गर्ने, एसबिआई मर्चेण्ट बैंकिङ बिक्री प्रबन्धक

२०८१ फागुन १६

कालिञ्चोक दर्शनले ६० करोडको हकप्रद निष्कासन गर्ने, एसबिआई मर्चेण्ट बैंकिङ बिक्री प्रबन्धक
कालिञ्चोक दर्शनले ६० करोडको हकप्रद निष्कासन गर्ने, एसबिआई मर्चेण्ट बैंकिङ बिक्री प्रबन्धक

काठमाडौं। कालिञ्चोक दर्शन लिमिटेडले सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ।

Tata
GBIME

कम्पनीको चुक्ता पुँजी अहिले ६० करोड रुपैयाँ छ। उसले अंकित मूल्य १०० रुपैयाँमा १:१ अनुपातमा ६० करोड रुपैयाँको ६० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

यस वर्ष दोस्रो त्रैमासमा कम्पनीको प्रति सेयर आम्दानी १.५८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १०१.४८ रुपैयाँ छ। होटलले यस वर्ष ६ महिनामा ४७ लाख रुपैयाँ नाफा कमाएको छ।