BIZMANDU
www.bizmandu.com

सेयर बजारले हान्यो हाफ सेन्चुरी, नेप्से ४९.१५ अंकले बढेर २८१५.०४ विन्दुमा

२०८१ फागुन १५

सेयर बजारले हान्यो हाफ सेन्चुरी, नेप्से ४९.१५ अंकले बढेर २८१५.०४ विन्दुमा
सेयर बजारले हान्यो हाफ सेन्चुरी, नेप्से ४९.१५ अंकले बढेर २८१५.०४ विन्दुमा


काठमाडौं। सेयर बजारले हाफ सेन्चुरी हानेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४९.१५ अंकले बढेर २८१५.०४ विन्दुमा पुगेको छ। नेप्से ६ महिना अघिको विन्दुमा पुगेको हो।

Tata
GBIME
NLIC

कारोबारमा आएका सबै उपसमूहमा हरियाली छाएको छ। वाणिज्य बैंक उपसमूहको सूचक सर्वाधिक ३.३२ प्रतिशतले बढेको छ। मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बैंकहरुको नाफा बढ्नेगरी लचिलो व्यवस्था गरेसँगै वाणिज्य बैंक लगानीकर्ताको रोजाइमा परेको हो।

१८६ कम्पनीको सेयर मूल्य बढेको छ। ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक हिमालयन रिइन्स्योरेन्सको ९६ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

त्यस्तै, नेपाल रिइन्स्योरेन्स ७६ करोड ४२ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४६ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

५२ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। भूगोल इनर्जीको सेयरमूल्य सर्वाधिक ७.१७ प्रतिशतले घटेको छ।