BIZMANDU
www.bizmandu.com

बीवाइडीको ‘हाई-टेक विक’ अवलोकन गर्न पुगे चिनियाँ राजदूत छन् सोङ

२०८१ फागुन १५

बीवाइडीको ‘हाई-टेक विक’ अवलोकन गर्न पुगे चिनियाँ राजदूत छन् सोङ
बीवाइडीको ‘हाई-टेक विक’ अवलोकन गर्न पुगे चिनियाँ राजदूत छन् सोङ

काठमाडौं । राजधानीको बानेश्वरस्थित दी एभरेष्ट होटलमा अहिले बीवाइडी ‘हाई-टेक विक’ संचालन भइरहेको छ।

Tata
GBIME

बीवाइडीले पहिलोपटक नेपालमा यस्तो प्रदर्शनी गरेको हो। नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकसँगको सहकार्यमा कम्पनीले हिजोबाट प्रदर्शनी सुरु गरेको हो।

प्रदर्शनी अवलोकन गर्न आज चिनियाँ राजदूत छन सोङ पनि पुगे। उनले चीनबाट आयात गरिएका लक्जरियस् गाडीहरुको अवलोकन गर्नुसँगै बीवाइडीले नेपालमा गरिरहेको कामबारे जानकारी पनि लिएका थिए।

प्रदर्शनीमा कम्पनीले बाओ ५, याङवाङको यु८ र डेन्जा जेड९ जीटी जस्ता गाडी प्रदर्शनीमा राखेको छ। बीवाइडीको ई-प्लेटफर्म ३.०, सार्क पिकअप इभी, बाओ ५ हाइब्रिड, डेन्जा जेड९ जीटी, डेन्जा डी९, याङवाङ यु८, ब्लेड ब्याट्री नेल पेनिट्रेसन जस्ता सबै प्रविधि यो कार्यक्रममा हेर्न सकिन्छ।

हाई-टेक विक अवलोकन गर्न कलार हरिवंश आचार्य पनि आज प्रदर्शनीस्थल पुगेका थिए।

प्रदर्शनीमा ६ करोड मूल्य पर्ने गाडीहरु शोकेस गरिएको छ। यो प्रदर्शनी फागुन १८ गतेसम्म संचालन हुनेछ।