BIZMANDU
www.bizmandu.com

युनाइटेड इदी मर्दी हाइड्रोपावरले बोलायो साधारण सभा, लाभांश र हकप्रद प्रस्ताव पारित गर्दै

२०८१ फागुन १५

युनाइटेड इदी मर्दी हाइड्रोपावरले बोलायो साधारण सभा, लाभांश र हकप्रद प्रस्ताव पारित गर्दै
युनाइटेड इदी मर्दी हाइड्रोपावरले बोलायो साधारण सभा, लाभांश र हकप्रद प्रस्ताव पारित गर्दै


काठमाडौं। युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरले लाभांश प्रस्ताव पारित गर्न चैत ११ गते साधारण सभा तय गरेको छ।

Tata
GBIME
NLIC

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने १ करोड ७७ लाख २४ हजार रुपैयाँ बोनस सेयर घोषणा गरेको छ। त्यस्तै, ०.२१ प्रतिशतले हुन आउने ९ लाख ३२ हजार ८४२ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्दैछ।

लाभांश वितरणका लागि कम्पनीले फागुन २३ गते बुक क्लोज तोकेको छ। बुक क्लोज अघि कायम सेयरधनीले प्रतिफल पाउनेछन्। कम्पनीको हाल चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ छ।

बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारण सभामा कम्पनीले पेस गर्दैछ।