काठमाडौं । गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा लगातार पोजेटिभ सर्किट लागेको छ। पहिलो कारोबारदेखि सर्किट लागेको इन्स्योरेन्सको सेयर मूल्य मंगलबारसम्म ३.११३ गुणाले बढेको हो।
कम्पनीको आइपीओ बिक्रीपछि नेप्सेले पहिलो कारोबारका लागि १०० देखि ३०१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो। ३०१ रुपैयाँमा कारोबार खुलेको इन्स्योरेन्सको मूल्य लगातार १२ दिन पोजेटिभ सर्किट लागेर प्रति कित्ता भाउ ९४४ रुपैयाँ पुगेको छ।
इन्स्योरेन्सले गत महिना सर्वसाधारणमा (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि समेत) २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो।
चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेकामा ३० प्रतिशत कारोबारमा आउने पब्लिक सेयर हो। इन्स्योरेन्सको आइपीओभन्दा दोस्रो बजारमा माग धेरै छ। चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म कम्पनीको प्रति सेयर आम्दानी ४.४२ रुपैयाँ छ।
कम्पनीले यो वर्ष ६ महिनामा १ करोड १५ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ।
मिति | कारोबार कित्ता | कारोबार रकम | सेयर मूल्य |
माघ २७ | ४९० | १६१०४३ | ३३१.१० |
माघ २८ | ५१० | १८३८३१ | ३६४.२० |
माघ २९ | ३७० | १४६७७५ | ४००.६० |
माघ ३० | ५७० | २४९५५६ | ४४०.६० |
फागुन १ | ५३० | २५५९७२ | ४८४.६० |
फागुन ४ | १७०० | ९०४७४६ | ५३३ |
फागुन ५ | १३१० | ७६५९३६ | ५८६.३० |
फागुन ६ | २२४० | १४४३४२६ | ६४४.९० |
फागुन ८ | ६०१० | ४२६१०७५ | ७०९.३० |
फागुन ११ | ८९३० | ६९६२९५० | ७८०.२० |
फागुन १२ | ८०१० | ६८६९५३२ | ८५८.२० |
फागुन १३ | ९७७० | ९२१७०७३ | ९४४ |