BIZMANDU
www.bizmandu.com

मदिरा प्याकेजिङको अवैध कारोबार आरोपमा दुई जनाविरुद्ध मुद्दा, ५ करोड २१ लाख बिगो मागदाबी

२०८१ फागुन १४

मदिरा प्याकेजिङको अवैध कारोबार आरोपमा दुई जनाविरुद्ध मुद्दा, ५ करोड २१ लाख बिगो मागदाबी
Department of Revenue Investigation- राजस्व अनुसन्धान विभाग


लुम्बिनी। स्वदेशमा उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने करोडौंका सामग्री भन्सार छलेर नेपाल भित्र्याएको आरोपमा एक समूहका दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।

Tata
GBIME
NLIC

बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख विवेक घिमिरेका अनुसार सिद्धार्थनगर-१ बेलहियाका शशांक खनाल र काभ्रेको चौरीदेउराली-४ का रमेश गौतमविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरिएको हो। स्वदेशमा उत्पादन नहुने विदेशी मदिरा ‘प्याकेजिङ’मा प्रयोग हुने ढक्कन तथा मदिराका सिसीमा प्रयोग हुने अन्य सामग्री भारतबाट भन्सार छली नेपाल भित्र्याउने समूहमा संलग्न उनीहरुविरुद्ध मंगलबार दायर मुद्दामा ५ करोड २१ लाख रुपैयाँ बिगो र जरिवाना माग गरिएको छ।

कार्यालयका प्रमुख घिमिरेका अनुसार नेपालमा उत्पादन नहुने मदिराका ढक्कन र अन्य सामग्रीसहित उनीहरुलाई पक्राउ गरिएको थियो। प्रतिवादीमध्ये खनालले चोरीपैठारी गरेका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कलगायत राजस्व चुहावटमा अनुसन्धान गर्दा पुष्टि हुन आएको छ।

दायर अभियोगपत्रमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ, १) बमोजिम दुवै जनालाई प्रतिव्यक्ति बिगो रु १ करोड ३० लाख २७ हजार २९० तथा र बिगोको शतप्रतिशत रकम जरिवानासहित रु १ करोड २१ लाख ९ हजार १६० र सोही ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्म कैद सजाय हुन मागदाबी गरिएको छ। रासस