BIZMANDU
www.bizmandu.com

मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा : असल ऋणको नोक्सानी व्यवस्थापन १ प्रतिशतमै फर्काइयो

२०८१ फागुन १३

मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा : असल ऋणको नोक्सानी व्यवस्थापन १ प्रतिशतमै फर्काइयो
मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा : असल ऋणको नोक्सानी व्यवस्थापन १ प्रतिशतमै फर्काइयो


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा नोक्सानी व्यवस्था घटाएको छ।

Tata
GBIME
NLIC

नेपाल राष्ट्र बैंकले असल ऋणमा गर्दै आएको नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) लाई १ प्रतिशतमै झारेको छ। यसअघि यस्तो नोक्सानी १.१० प्रतिशत थियो।

बैंक तथा वित्तीय संस्थाहरुको असल कर्जाको प्रोभिजनिङ घटाएसँगै नाफा बढाउन मद्दत पुग्नेछ।

साथै, नन डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरि २० प्रतिशत कायम गरिने व्यवस्था गरिएको छ। व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम उल्लेख छ।

यस्तै, नीतिगत दर ५ प्रतिशत, ब्याज दर करिडोरको तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशत र बैंक दर साढे ६ प्रतिशत यथावत राखिएको छ। यसबाहेक अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई पनि यथावत राखिएको छ।

पढ्नुस पूर्णपाठ